व्यवस्था 15:18 - पवित्र बाइबल18 “कमारा-कमारीहरूलाई मुक्त गर्दा मन नबिगार। सम्झना गर तिनीहरूले तिमीलाई छ, बर्षसम्म अरू नोकर-चाकरहरूलाई तिर्नुपर्ने भन्दा आधा ज्यालामा सेवा पुर्याएका छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशीर्वाद दिनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 त्यसलाई मुक्त भएर जान दिँदा गाह्रो नमान्नू, किनकि ज्यालादारी नोकरले लिने ज्यालाको दोबर मूल्यको काम त्यसले छ वर्षमा गर्यो। अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै काममा आशिष् दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 जब तिमीले आफ्ना कमारा-कमारीलाई स्वतन्त्र भएर जान दिँन्छौ, मनमा अप्रसन्न नहोओ, जे भए पनि त्यसले ज्यालामा काम गर्ने चाकरले पाउने ज्यालाको आधा खर्चमा नै छ वर्षभरि तिम्रो सेवा गरेको छ। प्रसन्न भई त्यसलाई छोडिदेओ र तिम्रा परमेश्वरले तिमीहरूले गरेका सबै कुरामा तिमीहरूलाई आशिष् दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिमीहरूका दासलाई स्वतन्त्र भएर जान दिँदा गाह्रो नमान्नू; किनकि त्यसले तिमीहरूका निम्ति छ वर्ष सेवा गरेको छ, र त्यस ज्यालामा काम गर्ने कामदारहरूभन्दा दोबर ज्यालाको योग्यको हुन्छ। अनि याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूले गर्ने हरेक काममा आशिष् दिनुहुनेछ। Viz kapitola |