व्यवस्था 14:21 - पवित्र बाइबल21 “यदि कुनै पशु आफैं मरेको भए, त्यो तिमीहरूले खानु हुँदैन। त्यो मृत पशु तिमीहरूको शहरमा बस्ने कुनै विदेशीलाई देऊ, उसले त्यो खान सक्छ। अथवा तिमीहरूले त्यस मृत पशु विदेशीलाई बेच्न सक्छौ, तर तिमीहरूले खानु हुँदैन। किनभने तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरका विशेष मानिसहरू हौ। “बाख्राको पाठो त्यसकै माऊको दूधमा नपकाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 जे मरिसकेको भेट्टाउँछौ, त्यो तिमीहरूले नखानू। तिमीहरूका सहरमा बस्ने परदेशीलाई त्यो दिन सक्छौ, र त्यसले त्यो खाए हुन्छ, अथवा त्यो तिमीहरूले कुनै विदेशीलाई बेच्न सक्छौ। तर तिमीहरू परमप्रभु आफ्ना परमेश्वरको लागि एक पवित्र जाति हौ। बाख्राको पाठो माउको दूधमा नपकाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 “आफैं मरेको पशु नखानू। तिम्रा बीचमा बास गर्ने विदेशीलाई त्यो खान दिन सक्छौ कि त अरू विदेशीहरूलाई बेचिदिन सक्छौ। तर तिमीहरूचाहिँ परमप्रभु परमेश्वरका हौ, तिमीहरू उहाँका जनहरू हौ। “भेडा वा बाख्राका पाठालाई त्यसको माउको दूधमा नपकाउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 मरिसकेको कुनै पनि पशुप्राणी तिमीहरूले नखाओ। त्यो तिमीहरूले आफ्ना सहरमा बस्ने विदेशीलाई दिन सक्छौ। अनि त्यसले त्यो खान सक्छ, अथवा त्यो तिमीहरूले कुनै विदेशीलाई बेच्न सक्छौ। तर तिमीहरू आफ्ना याहवेह परमेश्वरका निम्ति एउटा पवित्र जाति हौ। तिमीहरूले बाख्राको पाठो, त्यसको मासुलाई माउको दूधमा नपकाउनू। Viz kapitola |