व्यवस्था 13:5 - पवित्र बाइबल5 अगमवक्ता अथवा स्वप्न-दर्शी मानिसलाई तिमीहरूले मार्नु पनि पर्छ। किनभने, उसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई नमान्नु भन्यो। उहाँ त्यो परमेश्वर हुनुहुन्छ जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनु भयो जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई जस्तो तरिकाले जीवन यापन गर्ने आज्ञाहरू दिनु भएको छ त्यसबाट उसले अलमलायो। तिमीहरूका मानिसहरूबाट दुष्टता हटाउनको निम्ति तिमीहरूले त्यसलाई मार्नै पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तर त्यो अगमवक्ता वा स्वप्न-दर्शी मारिनुपर्छ, किनकि दासत्वको देश मिश्रबाट मुक्त गरेर ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्वरले आज्ञा गर्नुभएको मार्गबाट तिमीहरूलाई बहकाउनलाई त्यसले तिमीहरूलाई उहाँको विद्रोह गर्न सिकायो। यसरी तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर कुनै अगमवक्ता वा सपनाको अर्थ लाउने मानिसले तिमीहरूलाई कमारा-कमारी भई बसेको मिश्रदेखि बचाउनुहुने परमप्रभुको विरुद्धमा विद्रोह गर्न उचाल्यो भने त्यसलाई मारिदेओ। त्यो दुष्ट मानिस हो। परमप्रभुले जस्तो प्रकारको जीवन बिताउन भनी तिमीहरूलाई आज्ञा गर्नुभएको छ, त्यस्तै जीवनबाट तिमीहरूलाई टाढा लैजाने त्यसले चेष्टा गर्दै छ। त्यस दुष्ट व्यक्तिबाट आफैंलाई बचाउनको लागि त्यसलाई मार्नैपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यस अगमवक्ता अथवा स्वप्नदर्शीलाई चाहिँ मार्नू; किनकि त्यसले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याउनुहुने र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटकारा दिएर ल्याउनुहुने याहवेह तिमीहरूका परमेश्वरको विरुद्धमा विद्रोही बन्नलाई उक्साएको छ। याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई मान्नू भनेर आज्ञा गर्नुभएका मार्गहरूबाट त्यसले तर्काएर लैजाने कोसिस गर्यो। तिमीहरूले आफ्नो बीचबाट दुष्टतालाई हटाउनैपर्छ। Viz kapitola |