व्यवस्था 13:16 - पवित्र बाइबल16 तिनीहरूका सबै बहुमूल्य चीजहरू जम्मा गर अनि तिनीहरूलाई शहरको बीचमा लैजाऊ, शहर अनि यसमा भएको प्रत्येक चीजलाई जलाई देऊ। यो परमप्रभु तिमीहरूको परमेश्वरको निम्ति होमबलि हुनेछ। त्यस शहरको पुर्ननिर्माण नहोस् र त्यो केवल ढुङ्गाको थुप्रो मात्र बनिरहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यहाँका सबै मालमत्तासमेत सहरको मध्ये भागमा बटुलेर त्यस सहर र मालमत्तालाई जलाइदिनू। परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति त्यो होमबलिझैँ हुनेछ। त्यो सधैँभरि ध्वस्त रहोस्, र त्यसको पुनर्निर्माण नगर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यहाँ बस्ने सबै मानिसहरूका जायजेथा एक ठाउँमा जम्मा गरेर सहरका चोकमा राश लगाओ। त्यसपछि परमप्रभु आफ्ना परमेश्वरको बलिदानका रूपमा त्यो सहर र त्यसमा भएका सबै थोक जलाइदेओ। त्यो सहर सधैँभरि ध्वस्त भएर रहोस् र त्यो फेरि कहिल्यै नबनाउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यस सहरका सबै लुटका मालसामानहरू सार्वजनिक चोकको माझमा जम्मा गर्नू। अनि त्यस सहर र त्यसका सबै लुटका मालसामानहरूलाई याहवेह तिमीहरूका परमेश्वरको निम्ति होमबलिको रूपमा जलाइदिनू। त्यो सहर सदाका निम्ति भग्नावशेषको रूपमा रहोस्। अनि त्यस सहरको पुनर्निर्माण कहिल्यै नहोस्। Viz kapitola |