व्यवस्था 12:6 - पवित्र बाइबल6 त्यही ठाउँमा होमबलि, बलिदान दशांश अन्न तथा पशु उपहार, विशेष उपहार, भाकल राखिएको उपहार अथवा तिमीहरूले परमप्रभुलाई चढाउन इच्छा गरेको कुनै विशेष उपहार तथा आफ्नो घरमा पहिले जन्मिएको पशु सब चढाउन त्यही ठाउँमा पुर्याउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यहीँ नै तिमीहरूले आफ्ना होमबलि, बलिदान, दशांश र विशेष भेटी, भाकल बलि, स्वेच्छा बलि, र गाईबस्तु र भेड़ाबाख्राका पहिले बियाएका पशु ल्याउने गर्नू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यहाँ तिमीहरूले आफ्ना होमबलि तथा अरू बलिहरू, तिम्रा भेटीहरूका दशौँ हिस्सा र दानहरू, परमप्रभुलाई भाकल गरेका भेटीहरू तथा स्वेच्छाका भेटीहरू अनि आफ्ना गाई-वस्तुका पहिला बाछा र पाठाहरू चढाउनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यहाँ तिमीहरूले आफ्ना अन्नबलि र बलिदानहरू, तिमीहरूका दशांश र विशेष भेटीहरू, भाकल भेटीहरू, स्वेच्छा-भेटीहरू र तिमीहरूका बगालहरू र बथानहरूका पहिला जन्मेका पशुहरू ल्याउनू। Viz kapitola |