व्यवस्था 12:31 - पवित्र बाइबल31 परमप्रभु तिमीहरूका परमेश्वरलाई त्यसो नगर। त्यस्ता देवताहरूको पूजा नगर! किनभने ती मानिसहरूले परमप्रभुलाई मन नपराउने सबै कुराहरू गर्छन्। होमबलि दिदाँ तिनीहरू आफ्ना नानीहरू जलाउन पनि गाह्रो मान्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको पूजा उनीहरूले गरेझैँ नगर्नू, किनकि उनीहरूका देवताहरूको पूजा गर्दा उनीहरूले सब किसिमका घृणित कुरा गर्छन्, जुन परमप्रभु घृणा गर्नुहुन्छ। उनीहरू आफ्ना छोराछोरीहरूलाई पनि आफ्ना देवताहरूका लागि आगोमा होमिदिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 आफ्ना देवताहरू पूज्दा तिनीहरूले घिनलाग्दा कुराहरू गर्छन्, जुन परमप्रभुले घिन गर्नुहुन्छ, यसर्थ तिमीहरूले त्यस किसिमले परमप्रभु आफ्ना परमेश्वरलाई नपुज्नू। तिनीहरूले आफ्नै छोरा-छोरीहरूलाई पनि आगोको वेदीमा बलि चढाउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तिमीहरूले याहवेह तिमीहरूका परमेश्वरलाई तिनीहरूको तरिकाले नपुज्नू; किनकि तिनीहरूले आफ्ना देवी-देवताहरूलाई पुज्दा याहवेहले घृणा गर्नुहुने हरप्रकारको घृणित कुराहरू गर्दछन्। तिनीहरूले आफ्ना देवी-देवताहरूका निम्ति बलिदानको रूपमा आफ्ना छोराछोरीहरूलाई समेत आगोमा बलि चढाउँछन्। Viz kapitola |