व्यवस्था 12:27 - पवित्र बाइबल27 होमबलि त्यही स्थानमा चढाउनु पर्छ र होमबलिको मासु र रगत परमप्रभु तिमीहरूका परमेश्वरलाई वेदीमा चढाउनु पर्छ। अन्य बलिदानहरूको निम्ति परमप्रभु तिमीहरूका परमेश्वरको वेदीमा रगत खन्याउनु पर्छ। तब तिमीहरूले मासु खान सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तिमीहरूले आफ्ना होमबलिहरू मासु र रगत दुवै परमप्रभु तिमीहरूका परमेश्वरको वेदीमा चढ़ाउनू। बलिदानको रगतचाहिँ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका वेदीको छेउमा खन्याइदिनुपर्छ। मासुचाहिँ तिमीहरूले खान सक्छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 परमप्रभुको वेदीमा पूरा गरी जलाउनुपर्ने बलिहरू त्यही स्थलमा चढाओ। जुन बलि चढाउँदा मासुचाहिँ तिमीहरू खान्छौ र रगत वेदीमा खन्याइदिन्छौ, ती पनि त्यहीँ चढाओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 याहवेह तिमीहरूका परमेश्वरको वेदीमा तिमीहरूका होमबलि, मासु र रगत दुवै चढाउनू। तिमीहरूका बलिदानहरूको रगत याहवेह तिमीहरूका परमेश्वरको वेदीको छेउमा पोखाउनुपर्छ, तर मासुचाहिँ तिमीहरूले खान सक्छौ। Viz kapitola |