व्यवस्था 12:20 - पवित्र बाइबल20-21 “उहाँले प्रतिज्ञा गरे अनुसार परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको भूमिको सीमाना बढाउनु हुनेछ र जब तिमीहरूलाई मासु खान इच्छा हुनेछ र मासु खान्छु भन्ने छौ, तब जतिसम्म खानु इच्छा हुन्छ खाऊ। परमप्रभुले छान्नु भएको स्थान टाडो पनि हुन सक्छ र परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको पशुहरूलाई तिमीहरूले मैले भनेको आज्ञा अनुसार आफ्नो समयमा र स्थानमा खान सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 जब परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसार तिमीहरूका सिमानाको वृद्धि गरिदिनुहुनेछ र तिमीहरूलाई मासुको तृष्णा हुनेछ र “म मासु खान्छु” भन्नेछौ, तब आफूले चाहेजति मासु खाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “जब परमप्रभु तिम्रा परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसार तिम्रो देशको सिमाना बढाइदिनुहुनेछ, तिमीहरूलाई जति बेला इच्छा हुन्छ, त्यति बेला मासु खान सक्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूको प्रान्त ठूलो बनाइदिनुहुनेछ; अनि तिमीहरूले मासु खान ज्यादै इच्छा गर्नेछौ र भन्नेछौ, “मलाई मासु खान मन लाग्यो,” तब तिमीहरूले चाहेजति खान सक्छौ। Viz kapitola |