Online Bible

- Reklamy -




व्यवस्था 12:18 - पवित्र बाइबल

18 तिमीहरूले ती चीजहरू आफ्ना बाल-बच्चा नोकर-नोकर्नीहरू तथा आफ्ना शहरहरूभित्र बसो-बास गर्ने लेवी मानिसहरूसँगै लिएर तिमीहरूकै कुल माझमा परमप्रभु तिमीहरूका परमेश्वरले छान्नु भएको स्थानमा परमप्रभुको सम्मुख बसेर खानु पर्छ। तिमीहरूले गर्ने असल असल कार्यहरूमा परमप्रभु तिमीहरूका परमेश्वरको सामुन्ने गरेर आनन्द मनाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 बरु परमप्रभु तिमीहरूका परमेश्‍वरले छान्‍नुभएको ठाउँमा उहाँको सामुन्‍ने तिमी, तिम्रा छोराछोरी, कमारा-कमारी र तिमीहरूका सहरभित्र भएका लेवीले ती खानू, अनि तिमीहरूले गर्ने आफ्‍ना सबै काममा परमप्रभु आफ्‍ना परमेश्‍वरको सामु आनन्‍द मनाउनू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यी बलिदानहरू परमप्रभुले रोज्‍नुभएको त्‍यो एक मात्र आराधना-स्‍थलमा तिमीहरू र तिम्रा छोरा-छोरीहरूले आफ्‍ना नोकर-चाकर र सहरमा बस्‍ने लेवीहरूका साथ परमेश्‍वरको सामुन्‍ने खानुपर्छ। अनि त्‍यहाँ आफूले गरेको हरेक काममा तिमीहरू खुसी हुनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यसको सट्टामा तिमीहरू आफ्ना छोराछोरीहरू, तिमीहरूका सेवक-सेविकाहरू र तिमीहरूका सहरहरूका लेवीहरूले याहवेह तिमीहरूका परमेश्‍वरको उपस्थितिमा याहवेह तिमीहरूका परमेश्‍वरले चुन्‍नुभएको ठाउँमा ती खानू। अनि याहवेह तिमीहरूका परमेश्‍वरको सामु तिमीहरूले हात लगाएका हरेक काममा आनन्द मनाउनू।

Viz kapitola kopírovat




व्यवस्था 12:18

Následuj nás:

Reklamy


Reklamy