Online Bible

- Reklamy -




व्यवस्था 12:17 - पवित्र बाइबल

17 “तर केही चीजहरू यस्ता पनि छन् जो तिमीहरूले आफ्नो शहरमा खान सक्तैनौ। अनि ती चीजहरू हुन नयाँ बालीको दशांश अन्न, नयाँ दाखरस अथवा तेलको दशांश, घरका पशुहरूबाट जन्मिएको पहिलो पाठा अनि तिमीहरूले परमेश्वरलाई चढाउँछु भनी शपथ गरेको चीजहरू, तिमीहरूले चढाउनु इच्छा गरेको कुनै विशेष बलिका चीजहरू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 आफ्‍नो सहरभित्र अन्‍न, नयाँ दाखमद्य र तेलको दशांश, अथवा गाईबस्‍तु वा भेड़ाबाख्राको पहिले बियाएको पशु, अथवा भाकल गरेको कुनै थोक वा स्‍वेच्‍छा बलि वा विशेष बलि तिमीहरूको सहरभित्र तिमीहरूले नखानू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 जे कुरो परमप्रभुलाई चढाउनेछौ, त्‍योचाहिँ आफू बसेको ठाउँमा खानुहुन्‍न। तिमीहरूका अन्‍नका दशौँ हिस्‍सा वा मद्य, जैतुनको तेल वा तिम्रा गाईवस्‍तु र भेडाहरूका पहिला बाछा वा पाठा, तिमीहरूले परमप्रभुलाई भाकल गरेका भेटीहरू वा तिम्रा स्‍वेच्‍छा भेटीहरू तथा अन्‍य बलिदानहरू केही पनि खानुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिमीहरूले तिमीहरूका अन्‍न, नयाँ दाखमद्य र जैतुन तेलको दशांश, बथान र बगालका पहिला जन्मेका पशु, तिमीहरूले दिन्छु भनी भाकल गरेका जुनसुकै थोक वा तिमीहरूका स्वेच्छा-भेटीहरू अथवा विशेष भेटीहरूचाहिँ तिमीहरूका आफ्नै सहरहरूमा नखानू।

Viz kapitola kopírovat




व्यवस्था 12:17

Následuj nás:

Reklamy


Reklamy