व्यवस्था 1:7 - पवित्र बाइबल7 अब पहाडी क्षेत्रतिर जाऊ जहाँ अमोरीहरू बस्छन्। त्यहाँ सबै भूमिहरूको चारैतिर जाऊ। यर्दनको बेंसीमा जाऊ, पर्वतहरूमा, तराईहरूमा, नेगेवमा, समुद्रका किनारमा, कनान अनि लबानोन अनि यूफ्रेटिससम्म जाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अब तिमीहरूले शिविर तोड़ेर आफ्नो यात्रा सुरु गर। एमोरीहरूको पहाड़ी देशमा र त्यसका छेउछाउका सबै जातिहरूमा— अराबामा, पहाड़मा, पश्चिमतिरको तराईमा, नेगेवमा, र समुद्रका किनारमा कनानीहरूको देशसम्म, लेबनानसम्म र महानदी यूफ्रेटिससम्मै जाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 अब छाउनी उठाओ र अघि बढ। तिमीहरू एमोरीहरूको पहाडी देश र त्यसका छेउछाउका यर्दन बेसी, त्यहाँका पहाडी प्रदेश र तराईहरू, दक्षिणतिरको भूभाग र भूमध्य सागरको किनारसम्म जाओ। तिमीहरू कनान देश र लेबनानका पर्वतहरूपारि, यूफ्रेटिस महानदी भएको ठाउँसम्म जाओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अब तिमीहरूको छाउनी तोडेर एमोरीहरूको पहाडी मुलुकतिर अगि बढ। अराबाका सबै छिमेकी प्रान्तहरूमा, पर्वतहरूमा, पश्चिमका तराईहरूमा, दक्षिणमा र किनारका ठाउँहरूहुँदै, कनानीहरूको देश र लेबनान र महानदी यूफ्रेटिससम्म जाओ। Viz kapitola |