व्यवस्था 1:28 - पवित्र बाइबल28 अब हामी कहाँ जान सक्छौं? हाम्रा बाह्र जना जासूस दाज्यू भाइहरूको समाचारले हामीलाई भयभीत बनाएको छ। तिनीहरू भन्दछन् “त्यस भूमिका मानिसहरू हामी भन्दा ठूला र अग्ला छन्। आकाश जति अग्ला पर्खाल भएका शहरहरू छन्। अनि तिनीहरूले त्यहाँ राक्षसहरू देखे।”’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 हामी कता जान सक्छौं? हाम्रा भाइहरूले हामीलाई निराश बनाएका छन्। तिनीहरू भन्छन्, ‘ती मानिसहरू हामीभन्दा ठूला र अल्गा छन्। उनीहरूका सहरहरू ठूला छन् र आकाशसम्मै पर्खाल लाएका छन्। हामीहरूले त्यहाँ अनाकीहरूलाई पनि देख्यौं’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 हामीहरू किन त्यहाँ जानु र? हामीलाई डर लाग्छ। हामीले पठाएका मानिसहरूले त्यहाँका मानिसहरू हामीहरूभन्दा बलिया र अग्ला छन् अनि तिनीहरू आकाश छुने पर्खालले घेरेका सहरहरूमा बास गर्छन् भन्ने समाचार ल्याए। त्यहाँ तिनीहरूले दैँत्यहरूजस्ता देखे रे!’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 हामी कहाँ जाऔँ? हाम्रा दाजुभाइहरूले हामीलाई भयभीत बनाएका छन्। तिनीहरू भन्छन्, ‘ती मानिसहरू हामीभन्दा बलिया र अग्ला छन्। त्यहाँका सहरहरू ठूला आकाशसम्म पुग्ने पर्खाल भएका छन्। हामीले त्यहाँ अनाकीहरूलाई पनि देख्यौँ।’ ” Viz kapitola |