Online Bible

- Reklamy -




व्यवस्था 1:17 - पवित्र बाइबल

17 जब तिमीहरू न्यायकर्त्ता भएर निर्णय लिन्छौ तब तिमीहरूले सोच्नु हुँदैन को महत्वपूर्ण र महत्वहीन मानिसहरू हुन्। कसैसँग पनि डराउनु हुँदैन कारण तिमीहरूले गरेको निर्णय परमेश्वरबाट भएको हुन्छ। तर यदि कुनै झगडा़को विषय तिमीहरूको निम्ति कठिन भए त्यो म कहाँ ल्याऊ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 न्‍याय गर्दा तिमीहरूले मानिसहरूको पक्ष नलेओ। तिमीहरूले साना-ठूला दुवैका कुरा सुन। कुनै मान्‍छेसँग नडराओ, किनकि न्‍यायको फैसला त परमेश्‍वरको हातमा हुन्‍छ। तिमीहरूलाई गाह्रो परेको मामिला मकहाँ ल्‍याओ, र म त्‍यो सुन्‍नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 कसैपट्टि लागेर फैसला नदेओ। ठूला-साना सबैको एकै प्रकारले न्‍याय गर। कोही मानिससँग नडराओ किनभने तिमीहरूले दिएको फैसला परमेश्‍वरबाट आउँछ। तिमीहरूलाई कुनै झगडा मिलाउन गाह्रो पर्‍यो भने त्‍यो मकहाँ ल्‍याओ र म त्‍यसमा फैसला गर्नेछु।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 न्याय गर्दा पक्षपात नगर्नू। ठूला र साना दुवैका कुरा तिमीहरूले समान रूपले सुन्‍नू। न्याय परमेश्‍वरबाट भएको हुनाले कुनै मानिससँग नडराउनू। तिमीहरूका निम्ति अति कठिन भएको मुद्दा मकहाँ ल्याउनू। म त्यसको फैसला गर्नेछु।”

Viz kapitola kopírovat




व्यवस्था 1:17

Následuj nás:

Reklamy


Reklamy