Online Bible

- Reklamy -




दानिएल 9:7 - पवित्र बाइबल

7 “हे परमप्रभु, तपाईं असल हुनुहुन्छ अनि सदचारिता तपाईंकै हो! तर आज लाज हाम्रो हो। लाज यहूदा र यरूशलेमका मानिसहरूबाट हो। लाज इस्राएलका सबै मानिसहरूको हो। मानिसहरू जो नजिकमा छ। अनि मानिसहरू त्यसको टाडामा छन्। परमप्रभु तपाईंले ती मानिसहरूलाई धेरै जातिहरूको बीचमा छरपष्ट पार्नु भयो। अनि ती देशमा भएका इस्राएलका मानिसहरू लज्जित हुनुपर्छ। तिनीहरूले तपाईंको विरूद्धमा नराम्रो काम गरेका हुनाले तिनीहरू लज्जित हुनुपर्छ, परमप्रभु!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “परमप्रभु, तपाईं धर्मी हुनुहुन्‍छ, तर तपाईंप्रति भएको विश्‍वासघातको कारणले सबै देशहरूमा छरपष्‍ट पारिएका नजिक र टाढ़ा बस्‍ने, हामी यहूदाका मानिसहरू र यरूशलेम र इस्राएलका जनताहरू लाजले ढाकिएका छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तपाईं प्रभुले सधैँ ठीक काम गर्नुहुन्‍छ तर हामीले चाहिँ सधैँ आफैंमाथि अपमान ल्‍याएका छौं। तपाईंप्रति अविश्‍वासयोग्‍य भएका कारणले हामी यहूदा, यरूशलेम र इस्राएलका मानिसहरूलाई तपाईंले टाढा-नजिकका देशहरूमा छरपष्‍ट पार्नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “हे प्रभु, तपाईं धर्मी हुनुहुन्छ, तर आज हामी शर्मले ढाकिएका छौँ—यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरू र सबै इस्राएलीहरू, नजिक र टाढा बस्‍ने दुवै, सबै देशहरूमा, जहाँ हाम्रा अविश्‍वासयोग्यताको कारण तपाईंले हामीलाई तितरबितर पारिदिनुभएको छ।

Viz kapitola kopírovat




दानिएल 9:7

Následuj nás:

Reklamy


Reklamy