दानिएल 9:14 - पवित्र बाइबल14 यसकारण परमप्रभुले आफ्नो समयमा यो विपत्ति हामीमाथि ल्याउनु भयो। आफूले गर्नु भएका सबै कुरामा परमप्रभु हाम्रा परमेश्वर ठीक हुनुहुन्छ तर पनि हामीले उहाँको आज्ञा पालन गरेका छैनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 हामीमाथि विपत्ति ल्याउन परमप्रभु अनकनाउनुभएन, किनभने परमप्रभु हाम्रा परमेश्वर उहाँले गर्नुहुने सबै कुरामा धर्मी हुनुहुन्छ। तापनि हामीले उहाँको आज्ञा मानेका छैनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 हे परमप्रभु हाम्रा परमेश्वर, तपाईं हामीलाई दण्ड दिन तयार हुनुहुन्थ्यो र दण्ड दिनु पनि भयो किनभने तपाईंले जे ठीक छ, त्यही कुरा गर्नुहुन्छ र हामीले चाहिँ तपाईंको वचन पालन गरेनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण हामीमाथि विपत्ति ल्याउनलाई याहवेह हिच्किचाउनुभएन; किनकि याहवेह हाम्रा परमेश्वरले गर्नुहुने सबै कुरामा उहाँ धर्मी हुनुहुन्छ; तापनि हामीले उहाँका आज्ञाहरू पालन गरेका छैनौँ। Viz kapitola |