दानिएल 7:14 - पवित्र बाइबल14 “एउटा मनुष्य जस्तो देखिने मानिसलाई अधिकार, महिमा अनि सम्पूर्ण शासन गर्ने शक्ति दिइयो। प्रत्येक जाति र भाषाबाट मानिसहरूले उहाँको आराधना गर्नेछन्। उहाँको शासन सदा-सर्वदा रहनेछ। उहाँको राज्य लगातार सदा-सर्वदा रहनेछ, त्यो नष्ट हुनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 उहाँलाई अधिकार, महिमा र सार्वभौमिक शक्ति दिइयो, र हरेक भाषा बोल्ने सबै मानिसहरू र जातिहरूले उहाँको आराधना गरे। उहाँको प्रभुत्व अनन्तसम्म रहने प्रभुत्व छ, जुनचाहिँ कहिल्यै टल्नेछैन, र उहाँको राज्य त्यो हो जुन कहिल्यै नष्ट हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 जाति-जाति र कुल-कुलका अनि विभिन्न भाषा बोल्नेहरू सबैले उनको सेवा गरून् भनी उनलाई अधिकार, आदर र राज्य-शक्ति दिइयो। उनको अधिकार सदाकाल रहनेछ र उनको राज्यको अन्त्य कहिल्यै हुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 उहाँलाई अधिकार, महिमा र सार्वभौम शक्ति दिइयो; सबै जातिहरू र हरेक भाषा बोल्ने मानिसहरूले उहाँलाई दण्डवत् गरे। उहाँको राज्य सदासर्वदाको राज्य हो, जो कहिल्यै पनि बितेर जानेछैन; अनि उहाँको राज्य यस्तो हो, जो कहिल्यै पनि नष्ट हुनेछैन। Viz kapitola |