दानिएल 6:26 - पवित्र बाइबल26 म एउटा नयाँ नियम बनाउँदैछु मेरो राज्यमा हरेक मानिसले दानियलका परमेश्वरको डर मानुन र आदर गरून्। दानियलका परमेश्वर जीवित परमेश्वर हुनुहुन्छ: उहाँ सदा-सर्वदा जीउँनु हुन्छ, उहाँको राज्य कहिलै अन्त हुनेछैन अनि उहाँले सधैँ राज्य गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 म यो आदेश जारी गर्दछु कि मेरो राज्यभरका मानिसहरूले दानिएलका परमेश्वरको भय मान्नु र आदर गर्नुपर्छ। “किनभने उहाँ जिउँदो परमेश्वर हुनुहुन्छ, र उहाँ सधैँभरि रहनुहुन्छ। उहाँको राज्य नष्ट हुनेछैन, उहाँका प्रभुत्वको अन्त कहिल्यै हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 म यो आज्ञा दिन्छु कि मेरो सारा साम्राज्यभरि सबै मानिसहरूले दानिएलको परमेश्वरको भय मानून् र आदर गरून्। “उहाँ जीवित परमेश्वर हुनुहुन्छ। “र उहाँले सदासर्वदा राज्य गर्नुहुन्छ। उहाँको राज्य कहिल्यै नाश हुँदैन र उहाँको शक्तिको कहिल्यै अन्त्य हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 “म उर्दी जारी गर्छु: मेरो राज्यका सबै भागका मानिसहरूले दानिएलका परमेश्वरको भय मानून् र उहाँलाई नै श्रद्धा गरून्। “किनकि उहाँ नै जीवित परमेश्वर हुनुहुन्छ, र उहाँ सदासर्वदै रहनुहुन्छ; उहाँको राज्य नष्ट हुनेछैन, उहाँको राज्य कहिल्यै समाप्त हुनेछैन। Viz kapitola |