Online Bible

- Reklamy -




दानिएल 5:23 - पवित्र बाइबल

23 तपाईं नम्र हुनु भएन यसको सट्टामा तपाईं स्वर्गका परमेश्वरको विरूद्धमा खडा हुनुभयो। तपाईंले परमप्रभुको मन्दिरका भाँडा-कुँडाहरू तपाईंकहाँ ल्याउने आज्ञा दिनुभयो, अनि तपाईं र राज भवनका अधिकारीहरू, तपाईंका पत्नीहरू र दासहरूले त्यो भाँडाहरूमा दाखरस पिउनु भयो। तपाईंले दाखरस पिउँदै सुन, चाँदी, काँस, फलाम, काठ अनि ढुङ्गाका देवताहरूको महिमा गर्न थाल्नु भयो। तिनीहरू साँच्चो देवता होइनन्। तिनीहरूले देख्न सक्तैनन्, सुन्न सक्तैनन् तथा केही पनि सोच्न सक्तैनन्। तर तपाईंले परमेश्वरको सम्मान गर्नुभएन जसको शक्तिमा तपाईंको जीवन अनि प्रत्येक कुरा त्यसमाथि निर्भर छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 बरु स्‍वर्गका परमप्रभुको विरुद्धमा आफैलाई खड़ा गर्नुभएको छ। हजूरले उहाँको मन्‍दिरबाट भाँड़ाहरू हजूरकहाँ ल्‍याउन लगाउनुभयो, र हजूर र हजूरका भारदारहरू, हजूरका श्रीमतीहरू र रखौटीहरूले तीबाट दाखमद्य पिउनुभयो। हजूरले चाँदी र सुनका, काँसाका, फलामका, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गर्नुभयो, जो न देख्‍छन्‌ न सुन्‍छन्‌ न बुझ्‍छन्‌। तर हजूरले यी परमेश्‍वरको आदर गर्नुभएन, जसको हातमा हजूरको जीवन र हजूरका मार्गहरू छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तपाईंले स्‍वर्गका परमप्रभुको विरुद्धमा काम गर्नुभयो र उहाँको मन्‍दिरबाट ल्‍याएका कचौराहरू र बटुकाहरू यहाँ ल्‍याउनुभयो। तपाईंका भारदारहरू, स्‍वास्‍नीहरू र रखौटीहरूले अनि तपाईं आफैंले पनि तीबाट दाखमद्य पिउनुभयो र सुन, चाँदी, काँसा, फलाम, काठ र ढुङ्गाले बनेका देवताहरूको प्रशंसा गर्नुभयो। ती देवताहरूले न त सुन्‍न सक्‍छन् न देख्‍न सक्‍छन् न त केही जान्‍दछन्। तर परमेश्‍वर जसले तपाईंको जीवन र मरण खटाउनुहुन्‍छ तथा जसले तपाईंका सारा थोकमाथि अधिकार गर्नुहुन्‍छ, उहाँलाई तपाईंले सम्‍मान दिनुभएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 त्यसको सट्टा तपाईंले आफैँलाई स्वर्गका प्रभुको विरुद्धमा खडा गर्नुभयो। तपाईंले उहाँको मन्दिरबाट ल्याएका कचौराहरू आफूकहाँ ल्याउन लगाउनुभयो; अनि तपाईं र तपाईंका भारदारहरू, तपाईंका पत्नीहरू र तपाईंका उपपत्नीहरूले तीबाट दाखमद्य पिए। तपाईंले चाँदी र सुनका, काँसा, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गर्नुभयो, जुन मूर्तिहरूले देख्न, सुन्‍न र बुझ्न सक्दैनन्। तर तपाईंले परमेश्‍वरलाई आदर दिनुभएन, जसको हातमा तपाईंको प्राण र तपाईंका सबै चालहरू छन्।

Viz kapitola kopírovat




दानिएल 5:23

Následuj nás:

Reklamy


Reklamy