Online Bible

- Reklamy -




दानिएल 5:21 - पवित्र बाइबल

21 तब नबूकदनेस्सर समाजबाट निकालिए। उनको मन पशुको जस्तै बनाईयो तिनको बसाई जङ्गली गधाहरूसित हुन थाल्यो। अनि गाईले जस्तै घाँस खान थाले। उनको शरीर आकाशको शीतले भिज्यो। उनीमाथि यस्तो हुँदै गयो, फेरि उनलाई ज्ञान भयो कि मानिसको राज्य माथि सर्वोच्च परमेश्वरले शासन गर्नुहुन्छ अनि साम्राज्यहरूमाथि शासन गर्नको निम्ति उहाँले जसलाई चाहानुहुन्छ त्यसैलाई पठाउँनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 उनलाई मानिसहरूबाट हटाइएर एउटा पशुको मन दिइयो। उनी वनका गधाहरूसँग बस्‍थे र गाईबस्‍तुले जस्‍तै घाँस खान्‍थे, र उनको शरीर आकाशको शीतले भिज्‍थ्‍यो, जबसम्‍म उनले मानिलिएनन्‌ कि मानिसका राज्‍यहरूमाथि सर्वोच्‍च परमेश्‍वरकै अधिकार छ र उहाँले इच्‍छा गर्नुभएकालाई त्‍यो दिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 उनी मानव-समाजबाट धपाइए र उनको मन पशुको जस्‍तो भयो। उनको बास जङ्गली गधासित भयो र उनी गोरुले झैँ घाँस खाने भए। उनी खुल्‍ला मैदानमा सुत्‍थे र आकाशका शीतले उनको शरीर भिज्‍दथ्‍यो। अन्‍त्‍यमा सर्वोच्‍च परमेश्‍वरले सबै मानिसका राज्‍यहरू आफ्‍ना अधिकारमा राख्‍नुहुन्‍छ र ती राज्‍य उहाँले जसलाई चुन्‍नुहुन्‍छ, त्‍यसलाई दिनुहुन्‍छ भनी उनले स्‍वीकार गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनी मानिसहरूबाट धपाइए, र तिनलाई एउटा जनावरको मन दिइयो; तिनी जङ्गली गधाहरूसित बस्थे, र तिनले गाईबस्तुले झैँ घाँस खान्थे; अनि सर्वोच्‍च परमेश्‍वर पृथ्वीका मानिसहरूका सबै राज्यहरूमाथि सार्वभौम हुनुहुन्छ र आफ्नो इच्छा लागेअनुसार कसैलाई पनि ती राज्यमाथि अधिकारमा राख्न सक्नुहुन्छ भनेर तिनले स्वीकार नगरेसम्म तिनको शरीर आकाशको शीतले भिज्यो।

Viz kapitola kopírovat




दानिएल 5:21

Následuj nás:

Reklamy


Reklamy