दानिएल 5:12 - पवित्र बाइबल12 यिनी दानियल, जसलाई राजाले बेलसजर नाउँ राखिदिए, खूबै उत्तम आत्मा, बुद्धि र समझ भएका सपनाको अर्थ खोल्ने, अड्को फुकाउने र समस्याहरू हल गर्ने ज्ञान भएका छन्। अब यिनै दानियललाई बोलाउन पठाऊ, र तिनले अर्थ खोलिदिनेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यी दानिएल नाउँ गरेका मानिस, जसलाई राजाले बेलतसजर भन्नुहुन्थ्यो, तीव्र मन र ज्ञान र समझ भएका भेट्टाइए र साथै उनले सपनाका अर्थ बताउन, अड्कोहरू फुकाउन र कठिन समस्याहरू हल गर्न पनि सक्थे। दानिएललाई बोलाउनुहोस्, र उनले तपाईंलाई यस लेखको अर्थ बताउनेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिनीसित असाधारण सामर्थ्य र बुद्धि छ। उनी सपनाको अर्थ लाउन, समस्याहरू हल गर्न र अड्कोहरू फुकाउन सिपालु छन्। ती दानिएल हुन्, जसलाई राजाले बेलतसजर नाम दिएका थिए। उनलाई बोलाउन पठाउनुहोस्। उनले यी सबै कुराको अर्थ फुकाइदिनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 उहाँले यसो गर्नुभयो; किनकि दानिएल, जसलाई राजाले बेलतसजर भन्नुहुन्थ्यो, जो तीब्र दिमाग, अन्तर्ज्ञान र समझशक्ति भएका भेट्टाइए; अनि उनीसित सपनाहरूको अर्थ खोल्ने, अड्को फुकाउने र अप्ठ्यारा समस्याहरूको समाधान गर्न सक्ने क्षमता पनि थियो। दानिएललाई बोलाउन पठाउनुहोस्, र उनले लेखोटहरूको अर्थ बताइदिनेछन्।” Viz kapitola |