दानिएल 5:11 - पवित्र बाइबल11 तपाईंको राज्यमा एउटा यस्तो मानिस छ, जसमा पवित्र देवताहरूको आत्मा छ। तपाईंको पितामहको पालामा तिनमा उत्तम समझ र देवताको झैं ज्ञान भएको पाइयो। यसैले तपाईंको पितामह नबूकदनेस्सरले तिनलाई जादूगर, तंत्र-मंत्र जान्ने कल्दी र ज्योतिषीहरूका प्रधान नियुक्त गरिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तपाईंको राज्यमा एक जना मानिस छन्, जोसँग पवित्र देवताहरूका आत्मा छ। तपाईंका पिताको पालोमा उनमा देवताको जस्तै अन्तर्दृष्टि, ज्ञान र बुद्धि पाइएको थियो। तपाईंका पिता राजा नबूकदनेसरले उनलाई जादूगरहरू, मन्त्रतन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेका प्रमुख नियुक्त गर्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तपाईंको राज्यमा एउटा मानिस छन्, जोसित पवित्र परमेश्वरका आत्मा छन्। तपाईंको बुबा राजा छँदा यी मानिसले असल विचार-शक्ति, ज्ञान र ईश्वरको जस्तै बुद्धि देखाएका थिए। तपाईंको बुबा राजा नबूकदनेसरले उनलाई ज्योतिषी, जादूगर र तन्त्र-मन्त्र गर्नेहरूका प्रधान बनाएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हजुरको राज्यमा एक जना मानिस छन्, जसमा पवित्र देवताहरूको आत्मा छ। हजुरको बुबाको समयमा उनमा देवताहरूका जस्तै अन्तर्दृष्टि, समझशक्ति र बुद्धि भेट्टाइएको थियो। हजुरको बुबा राजा नबूकदनेसरले उनलाई जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, ज्योतिषीहरू र जोखना हेर्नेहरूका प्रमुख तुल्याउनुभएको थियो। Viz kapitola |