दानिएल 4:37 - पवित्र बाइबल37 त्यस पछि म नबूकदनेस्सर स्वर्गको राजाको स्तुति गर्छु तथा उहाँलाई सम्मान अनि महिमा प्रदान गर्छु। उहाँले जे भन्नुहुन्छ ठीक भन्नुहुन्छ, उहाँ सधैँ न्यायपूर्ण हुनुहुन्छ, उहाँमा अहंकारीहरूलाई नम्रता प्रदान गर्ने क्षमता छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 अब म, नबूकदनेसरले स्वर्गका महाराजाको प्रशंसा, बढ़िबढ़ाउ र महिमा गर्दछु, किनभने उहाँले जे गर्नुहुन्छ ठीक गर्नुहुन्छ, र उहाँका सबै मार्गहरू न्यायसङ्गत छन्। अनि उहाँले घमण्डीहरूलाई नम्र बनाउन सक्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 “र अब म नबूकदनेसर स्वर्गको राजालाई प्रशंसा, सम्मान र महिमा दिन्छु। उहाँले गरेका सबै काम उचित र न्यायपूर्ण छन् र उहाँले घमण्डी मानिस जोसुकैलाई पनि होच्याउन सक्नुहुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 अहिले म, नबूकदनेसरले स्वर्गको राजालाई प्रशंसा दिन्छु, उच्च पार्छु र महिमा दिन्छु; किनकि उहाँले गर्नुहुने सबै कुरा ठिक छन्, र उहाँका सबै मार्गहरू न्यायसङ्गत छन्। अनि उहाँले घमण्ड गरेर हिँड्नेहरूलाई नम्र तुल्याउन सक्नुहुन्छ। Viz kapitola |