Online Bible

- Reklamy -




दानिएल 4:12 - पवित्र बाइबल

12 यसका पातहरू सुन्दर थिए। यसको फलहरू प्रशस्तै थिए र यो फलले सबैलाई खान पुग्थ्यो। जङ्गली पशुहरू त्यो रूखको छहारीमुनि बस्थे। यसका हाँगामा चराहरूले गुँड बनाउँथे, अनि सबै जीवित प्राणीहरूले त्यसबाट आहार पाउँथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यसका पातहरू सुन्‍दर र त्‍यसका फलहरू प्रशस्‍त थिए, र त्‍यसमा सबैको लागि खाना थियो। त्‍यसको मुनि वनका पशुहरूले वास पाउँथे, त्‍यसका हाँगाहरूमा चराहरू बस्‍थे, त्‍यसबाट सबै प्राणीहरूले खाना पाउँथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 त्‍यसका पातहरू सुन्‍दर थिए, बोटमा लटरम्‍म फल फलेका थिए। ती फल सारा संसारलाई खान पुग्‍थ्‍यो। त्‍यसको छायामुनि जङ्गली जनावरहरूले बस्‍ने ठाउँ पाएका थिए, हाँगामा पन्‍छीहरूले गुँड लाउँथे र हरेक किसिमका प्राणीहरूले त्‍यसका फल खान्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 रूखका पातहरू सुन्दर थिए, र त्यसका फलहरू प्रशस्त थिए; अनि त्यसमा सबैलाई पुग्ने प्रशस्त भोजन थियो। त्यसमुनि जङ्गली पशुहरूले आश्रय पाउँथे, र त्यसका हाँगाहरूमा आकाशका चराहरू बस्थे; त्यसबाट हरेक जीवित प्राणीहरूले खाना पाउँथे।

Viz kapitola kopírovat




दानिएल 4:12

Následuj nás:

Reklamy


Reklamy