दानिएल 3:27 - पवित्र बाइबल27 प्रान्त, प्रान्तका बडा हाकिम, राज्यपाल, सल्लाहकार र भारदारहरू जम्मा भए अनि आगोले यी मानिसहरूको शरीरमा हानी गर्न नसकेको देखे। तिनीहरूको टाउकाको केश पनि जलेको थिएन। तिनीहरूको लुगा पनि आगोले डढेन र तिनीहरूमा आगोको रापसम्म पर्न पाएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 अनि प्रान्तका बड़ाहाकिमहरू, इलाका अधिकारीहरू, राज्यपालहरू, र सल्लाहकारहरू तिनीहरूका वरिपरि भीड़ लागे। उनीहरूले देखे कि आगोले तिनीहरूका शरीरमा हानि पुर्याएको थिएन, न त तिनीहरूका शिरको रौँ नै खहरिएको थियो, तिनीहरूका लुगालाई आगोले छोएको थिएन र तिनीहरूमा आगोको कुनै गन्धैसमेत थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 सबै रजौटा, बडा-हाकिम, सहायक हाकिम र राजाका अन्य भारदारहरू ती तीन जनालाई हेर्न जम्मा भए। तिनीहरूलाई आगोले केही खति गर्न सकेको थिएन। तिनीहरूको शिरको केश पनि खहरिएको थिएन। तिनीहरूका लुगा डढेको थिएन र तिनीहरूमा आगोको गन्धसम्म पनि थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अनि प्रान्तका बडाहाकिमहरू, इलाकाका अधिकारीहरू, राज्यपालहरू र राजकीय सल्लाहकारहरू तिनीहरूका चारैतिर भेला भए। तिनीहरूले देखे, कि आगोले तिनीहरूका शरीरलाई हानि गरेको थिएन, न त तिनीहरूका शिरको रौँ नै खहरिएको थियो; तिनीहरूका कपडाहरू आगोले डढेको थिएन, न त तिनीहरूमा आगोको कुनै गन्ध नै थियो। Viz kapitola |