दानिएल 3:12 - पवित्र बाइबल12 यहाँ केही यस्तो यहूदीहरू छन् जसले तपाईंको यो आदेशलाई पालन गर्दैनन्। तपाईंले ती यहूदीहरूलाई बाबेल प्रदेशमा महत्वपूर्ण हाकिम बनाउनु भएको छ। यिनीहरूको नाउँ यस प्रकार छ शद्रक, मेशक अनि अबेदनगो। यिनीहरूले तपाईंका देवताको पूजा गर्दैनन् अनि जुन सुनको मूर्ति तपाईंले स्थापित गर्नु भएको छ उनीहरू न त त्यस मूर्तिको सामने झुक्छन् न त पूजा नै गर्छन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर केही यहूदीहरू छन्, जसलाई हजूरले बेबिलोनको प्रान्तमाथि शासन गर्न नियुक्त गर्नुभयो, जसका नाउँ शद्रक, मेशक र अबेद्नगो हुन्। हे महाराजा, यिनीहरूले हजूरलाई टेर्दैनन्। यिनीहरू न त हजूरका देवताहरूलाई पुज्छन्, न हजूरले स्थापना गर्नुभएको सुनको मूर्तिलाई दण्डवत् गर्छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हजुरले बेबिलोन-प्रान्तको शासनभार सुम्पिएका केही यहूदीहरू अर्थात् शद्रक, मेशक र अबेद्नगोले हजुरका आज्ञापालन गरेका छैनन्। तिनीहरूले हजुरका देवताहरूलाई पुज्दैनन् र हजुरले खडा गरेको मूर्तिलाई घोप्टेर ढोग्दैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर केही यहूदीहरू छन्, अर्थात् शद्रक, मेशक र अबेद्नगो, जसलाई हजुरले बेबिलोनको प्रान्तमाथि शासन गर्न नियुक्त गर्नुभएको छ; हे महाराजा, यी मानिसहरूले हजुरको आदेश पालना गरेका छैनन्। न त तिनीहरूले हजुरका देवताहरूलाई पुज्दछन्, न त हजुरले खडा गर्नुभएको सुनको मूर्तिलाई दण्डवत् गर्छन्।” Viz kapitola |