दानिएल 2:21 - पवित्र बाइबल21 उहाँले नै समय परिवर्त्तन गर्नुहुन्छ, उहाँले नै सालमा ऋतुहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरू परिवर्त्तन गर्नुहुन्छ। उहाँले नै राजाहरूलाई शक्ति प्रदान गर्नुहुन्छ, र उहाँले नै खोस्नुहुन्छ। उहाँले नै बुद्धि दिएर मानिसहरू बुद्धिमानी बन्छन्, उहाँले मानिसहरूलाई ज्ञान दिनुहुन्छ, अनि मानिसहरू ज्ञानी हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ। उहाँले राजाहरूलाई सिंहासनमा राख्नुहुन्छ र उनीहरूलाई अपदस्थ गर्नुहुन्छ। उहाँले समझदारहरूलाई बुद्धि दिनुहुन्छ अनि विवेकीहरूलाई ज्ञान दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 उहाँले नै समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ; उहाँले नै राजाहरू राख्नु र हटाउनुहुन्छ; उहाँले नै ज्ञानीलाई ज्ञान र बुझ्नलाई समझ दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 उहाँले समय र ऋतुहरू परिवर्तन गर्नुहुन्छ; उहाँले राजाहरूलाई अधिकार दिएर खडा गर्नुहुन्छ र तिनीहरूबाट अधिकार खोसेर हटाउनु पनि हुन्छ। उहाँले बुद्धिमान्हरूलाई बुद्धि दिनुहुन्छ, र समझशक्ति भएकाहरूलाई ज्ञान दिनुहुन्छ। Viz kapitola |