दानिएल 11:6 - पवित्र बाइबल6 “फेरि केही बर्षपछि एउटा संन्धि हुनेछ अनि दक्षिणका राजाकी छोरीसित उत्तरका राजाको विवाह हुन्छ। यो शान्तिका निम्ति गरिनेछ, तर तिनका सन्तान बलिया हुने छैनन्। तिनको नानी तिनलाई समर्थन गर्ने एकजनालाई सुम्पिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 केही वर्षपछि उनीहरू मित्र बन्नेछन्। एउटा सन्धि गर्नका लागि दक्षिणका राजाकी छोरी उत्तरका राजाकहाँ जानेछिन्, तर तिनले आफ्नो शक्ति कायम गर्नेछैनन्, र उनी र उनको शक्ति दिगो रहनेछैनन्। ती दिनमा तिनका राजकीय रक्षकहरू र तिनका पिता र तिनका समर्थकका साथ तिनी सुम्पिइनेछिन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 केही वर्षपछि मिश्रका राजाले अरामका राजासित मित्रता गर्नेछन् र आफ्नी छोरीलाई उनीसित बिहे गरिदिनेछन्। तर त्यो मित्रता धेरै दिनसम्म रहनेछैन र राजकुमारी, तिनका लोग्ने, बच्चा र तिनका साथमा आएका चाकरहरू सबैजना मारिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 केही वर्षपछि तिनीहरू मित्रराष्ट्र बन्नेछन्। दक्षिणको राजाकी छोरी उत्तरको राजाकहाँ विवाहद्वारा सम्बन्ध जोड्नलाई जानेछिन्, तर तिनको शक्ति कायम रहनेछैन; अनि तिनी र तिनको शक्ति धेरै दिनसम्म टिकिरहनेछैनन्। ती दिनहरूमा राजकुमारीलाई तिनका राजकीय रक्षकहरू र तिनका आफ्ना पिता र तिनलाई समर्थन गर्नेहरूसहित धोका दिइनेछ। Viz kapitola |