दानिएल 11:40 - पवित्र बाइबल40 “आखिरमा दक्षिणका राजाले उत्तरका राजाको विरूद्ध युद्ध चलाउनेछन्। उत्तरका राजा रथहरू पैदल फौजहरू अनि धैरे जहाजहरू लिएर आक्रमण गर्न आउँनेछ। ऊ भूमिबाट बाढी जस्तै आउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 “अन्तको समयमा दक्षिणका राजाले ऊसँग लड़ाइँ गर्नेछन्, र उत्तरको राजा रथहरू, घोड़चढ़ीहरू र धेरै जहाजहरू लिएर उनको विरुद्धमा आँधीझैँ आउनेछ। उसले धेरै देशहरूलाई आक्रमण गर्नेछ, ऊ बाढ़ीझैँ तिनीहरूमाथि बग्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 “अरामका राजाको अन्त्य हुने समय आइपुग्न लाग्दा मिश्रका राजाले तिनीमाथि आक्रमण गर्नेछन् र अरामका राजाले आफ्नो पूरा बलले रथ, घोडा र धेरै पानी-जहाजहरू साथमा लिई लडाइँ गर्नेछन्। पानीको भल बगेझैँ उनले धेरै देशहरूमाथि आक्रमण गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 “अन्त्यको समयमा दक्षिणको राजाले तिनलाई युद्धमा आक्रमण गर्नेछन्; अनि उत्तरको राजाले रथहरू, घोडचढीहरू र धेरै जहाजहरू लिएर तिनको विरुद्धमा आँधीबेहरीझैँ आउनेछन्। तिनले धेरै देशहरूमाथि आक्रमण गर्नेछन् र तिनीहरूमाथि बाढीझैँ बग्नेछन्। Viz kapitola |