दानिएल 11:39 - पवित्र बाइबल39 “ऊ अनि उसका विदेशी देवताहरूले आफ्नो किल्लाहरू बलियो पार्नेछ। तिनको निगाहमा भएकाहरूलाई तिनले सम्मान दिएर र साधारण मानिसहरूलाई जागिर दिएर तिनीहरूलाई मानले परिपूर्ण पार्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 उसले एक विदेशी देवताको सहायताले सबैभन्दा शक्तिशाली किल्लाहरूमाथि आक्रमण गर्नेछ र उसलाई मान्नेहरूलाई उसले ठूलो सम्मान गर्नेछ। उसले उनीहरूलाई धेरै मानिसहरूमाथि शासकहरू तुल्याउनेछ र एउटा मूल्यमा जमिन वितरण गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 आफ्ना किल्लाहरूको रक्षा गर्न उनले पराई देवता पुज्ने मानिसहरूलाई काममा लाउनेछन्। ज-जसले उनलाई राजा मान्नेछन्, तिनीहरूलाई ठूलो इज्जत दिनेछन्, ठूल्ठूला पदमा नियुक्त गर्नेछन् र इनामस्वरूप जमिन दिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 तिनले एउटा विदेशी देवताको सहायताले सबैभन्दा बलियो किल्ला भएको सहरमाथि आक्रमण गर्नेछन्; अनि तिनलाई मान्यता दिनेहरूलाई ठूलो सम्मान दिनेछन्। तिनले तिनीहरूलाई धेरै जातिहरूमाथि शासक तुल्याइदिनेछन् र इनामको रूपमा देश विभाजन गरिदिनेछन्। Viz kapitola |