दानिएल 11:30 - पवित्र बाइबल30 पश्चिमबाट जहाजहरू तिनको विरूद्धमा आउनेछन् अनि ऊ पराजित हुनेछ र फर्किनेछ। पवित्र करारमाथि उसले आफ्नो रीस देखाउनेछ। ऊ फर्किनेछ अनि तिनीहरूलाई सधाउनेछ जसले पवित्र करार अनुशरण गर्न रोके। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 पश्चिमी किनारका देशहरूबाट त्यसको विरुद्धमा जहाजहरू आउनेछन्, र त्यसले हरेस खानेछ। तब फर्केर पवित्र करारको विरुद्धमा त्यसले आफ्नो रीस पोख्नेछ। त्यो फर्कनेछ र त्यसले पवित्र करार त्याग्नेहरूलाई कृपा देखाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 पश्चिमतिरको समुद्र किनारका मानिसहरूले जहाजमा आई तिनीसित लड्नेछन् र उनी डराउनेछन्। “तब उनी रिसले फर्कनेछन् र परमेश्वरको प्रजाको धर्मलाई नाश पार्ने कोसिस गर्नेछन्। उनले धर्म त्याग्नेहरूको सल्लाहअनुसार काम गर्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 पश्चिमी कित्तीमका जहाजहरूले तिनको विरोध गर्नेछन्; अनि तिनले हरेश खानेछन्। त्यसपछि तिनी आफ्नो देशमा फकर्नेछन्, र आफ्नो क्रोध पवित्र करारको विरुद्धमा पोखाउनेछन्। तिनी फर्कनेछन् र पवित्र करार त्याग्नेहरूलाई तिनले दया देखाउनेछन्। Viz kapitola |