दानिएल 11:27 - पवित्र बाइबल27 ती दुवै राजाहरूले दुष्ट योजनाहरू बनाउँने छन् र एउटै टेबलमा बसे पनि एउटाले अर्कोलाई ढाँट्ने छन् र त्यो योजना सफल हुनेछैन। किनकि उनीहरूको अन्त हुने समय परमेश्वरले निर्धारित गरिसक्नु भएकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 ती दुई राजाहरू दुष्ट हृदय लिएर एउटै टेबिलमा बसेर एक-अर्कासँग झूट बोल्नेछन्, तर कुनै लाभ मिल्नेछैन, किनभने अन्तको दिनचाहिँ तोकिएको समयमा नै आउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तब ती दुई राजाहरू भोजन गर्न एउटै टेबिलमा बस्नेछन् तर तिनीहरूका विचार दुष्ट हुनेछन् र आपसमा एउटाले अर्कालाई ढाँट्नेछन्। आफूले चाहेका कुरा तिनीहरूले पाउनेछैनन् किनभने तोकिएको समय अझै आएकै छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अनि यी दुवै राजाहरूका हृदय दुष्टतातिर ढल्केका हुनेछन्; तब एउटै टेबुलमा बस्नेछन् र एक-आपसमा झूट बोल्नेछन्, तर तिनीहरूका झूटो योजना सफल हुनेछैनन्; किनकि तिनीहरूका निम्ति तोकिएको समयमा तिनीहरूको अन्त्य पक्कै आउनेछ। Viz kapitola |