दानिएल 11:25 - पवित्र बाइबल25 “त्यस पछि उसले आफ्नो पुरै शक्ति अनि सबै सेना र साहस दक्षिणको राजाको विरूद्धमा लगाउनेछ। दक्षिणी राजाले पनि एउटा ठूलो अनि शक्तिशाली सैन्यदल जुटाउनेछन, तर विश्वासघातीहरूको षड्यन्त्रले दक्षिणी राजाको हार हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 “ठूलो सेनाका साथ दक्षिणका राजाको विरुद्ध त्यसले आफ्नो बल र साहसलाई उत्तेजित पार्नेछ। दक्षिणका राजाले एक विशाल र अत्यन्तै शक्तिशाली सेना उठाएर लड़ाइँ गर्नेछन्, तर उनको विरुद्धमा रचिएका षड्यन्त्रको कारण उनी खड़ा हुन सक्नेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 “मिश्रका राजामाथि हमला गर्ने साहस गरी त्यसले एउटा ठूलो सेना खडा गर्नेछ। त्यसको सामना गर्न मिश्रका राजा ठूलो र शक्तिशाली सेना लिएर तयार हुनेछन्। तर मिश्रका राजालाई धोका दिइनेछ र तिनले हार्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 “उत्तर सिरियाका राजा एक विशाल सेनासँग दक्षिण इजिप्टको राजाको विरुद्धमा आफ्नो शक्ति र साहसमा सुरिनेछन्। अनि दक्षिणको राजाले एक विशाल र अति शक्तिशाली सेना लिएर युद्ध गर्नेछन्, तर इजिप्टको विरुद्धमा षड्यन्त्र रचिएको कारण तिनी खडा रहन सक्दैनन्। Viz kapitola |