दानिएल 11:18 - पवित्र बाइबल18 “यसपछि उत्तरका राजाले भूमध्य सागरको किनार हुँदै देशहरू र टापूहरूका धेरैलाई कैदी बनाउनेछन्। तर एउटा सेनापतिले तिनलाई थर्काएर तिनको धाकलाई अन्त गरिदिनेछन् अनि उसले उत्तरका राजालाई लज्जित पार्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब उनले आफ्नो ध्यान समुद्री किनारका देशहरूतिर लगाउनेछन् र तीमध्ये धेरैलाई लिनेछन्, तर एक जना सेनापतिले उनको उच्चोपनको अन्त गर्नेछन् र उनको उच्चोपन उनीमाथि नै फर्काउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 त्यसपछि उनले समुद्रको किनारका जातिहरूमाथि हमला गर्नेछन् र धेरैलाई आफ्नो अधीनमा पार्नेछन्। तर एक जना विदेशी अगुवाले उनलाई जितेर उनको घमण्ड चकनाचुर पारिदिनेछ। साँच्चै त्यसले अरामका राजाको अहङ्कार उनीमाथि नै खन्याइदिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब सिरियाका राजाले आफ्नो ध्यान समुद्रको किनारतिर लगाउनेछन्, र तिनीहरूमध्ये धेरै मानिसहरूलाई कब्जा गर्नेछन्; तर एक जना सेनापतिले उनको अहङ्कारको अन्त्य गरिदिनेछन् र उनको अहङ्कार त्यसतर्फ नै फर्काइदिनेछन्। Viz kapitola |