दानिएल 10:19 - पवित्र बाइबल19 त्यसपछि उनले भने, “प्रिय मानिस, नडराऊ! बलियो होऊ।” जब उनी मसँग बोलिसक्नु भयो, मैले शक्ति पाएँ अनि भनें, “महाशय, दया गरी बोल किनभने तपाईंले मलाई बल दिए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिनले भने, “उच्च सम्मान गरिएका हे मानिस, नडराऊ। तिमीलाई शान्ति होस्, अब तिमी बलिया होऊ, बलिया होऊ।” जब तिनी मसँग बोले, मैले बल पाएँ र भनें, “मेरा प्रभु, बोल्नुहोस्, किनभने हजूरले मलाई बल दिनुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 उनले भने, “परमेश्वरले तिमीलाई प्रेम गर्नुहुन्छ। तिमी नडराऊ, तिमीलाई शान्ति होस्, बलियो र साहसी होऊ।” उनले त्यसो भनेपछि म अझै बलियो भएँ। मैले भनें, “हजुर, भन्नुहोस्। तपाईंले मलाई बल दिनुभएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 अनि तिनले भने, “हे अति सम्मानित मानिस, नडराऊ! तिमीलाई शान्ति होस्! अब बलियो होऊ; साहसी होऊ।” जब तिनी मसँग बोले, तब मैले बल पाएँ, र तिनलाई भनेँ, “मेरा प्रभु, मसँग बोल्नुहोस्; किनकि हजुरले मलाई बल दिनुभएको छ।” Viz kapitola |