दानिएल 10:16 - पवित्र बाइबल16 त्यस पछि मानिस जस्तो कोही देखा पर्यो। मेरो ओंठ छोयो अनि अगाडी उभियो। मैले आफ्नो मुख खोलें र बोलें, “महोदय, जब मैले पहिलो दर्शन देखें, यसले मेरो मुटु डरले काम्यो मेरो बलनै रहेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अनि मानिसजस्तै देखिने एक जनाले मेरो ओठ छोए, र मैले आफ्नो मुख खोलेर बोल्न लागें। मेरो सामु उभिएकालाई मैले भनें, “मेरा प्रभु, दर्शनको कारणले गर्दा म वेदनाग्रस्त र असहाय भएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तब ती मानिसजस्ता देखिने स्वर्गदूतले हात उचालेर मेरा ओठ छोए। मैले उनलाई भनें, “हजुर, यस दर्शनले मलाई यति कमजोर बनाएको छ कि मेरो कम्पन रोक्नै सक्तिनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब मानिसको पुत्रझैँ देखिने एक जनाले मेरा ओठ छोए; अनि मैले मेरो आफ्नो मुख खोलेँ र बोल्न सक्ने भएँ। अनि मेरो सामु उभिएकालाई भनेँ, “हे मेरा प्रभु, दर्शनको कारणले गर्दा म पीडाग्रस्त भएको छु; अनि म धेरै कमजोर महसुस गरिरहेको छु। Viz kapitola |