कलस्सी 2:19 - पवित्र बाइबल19 ती मानिसहरू ख्रीष्टको अधीनमा रहन रूचाउँदैनन्। सम्पूर्ण शरीर ख्रीष्टमा भर पर्छ। ख्रीष्टकै कारणले शरीरका जम्मै अंगहरू एक-अर्कालाई याद गर्छन औ सहायता गर्छन। यसले शरीरलाई शक्तिशाली बनाउँछ अनि एक साथ राख्छ। अनि शरीर परमेश्वरले इच्छा गरे झैं बढ़छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यस्ताहरूले ख्रीष्ट, अर्थात् शिरलाई समातिराख्दैनन्, जसबाट पोषण पाई जोर्नी र ग्रन्थिहरूद्वारा एकसाथ गाँसिएर सारा शरीर परमेश्वरले दिनुभएको वृद्धिअनुसार बढ्दैजान्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यिनीहरू त आफ्ना शिर ख्रीष्टसँग नजोडिएर छुट्टै रहेका छन्। उनै ख्रीष्टका अधीनमा रहेर मात्र सिङ्गै शरीर पुष्ट हुन्छ अनि उनीहरू ठीकठाकसँग जोडिएर परमेश्वरकै चाहनाअनुसार बढ्दै-बढ्दै जानेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 शिरसँग तिनीहरूका सम्बन्ध-विच्छेद भएको हुन्छ, जसद्वारा सारा शरीरले पोषण पाएको हुन्छ, जोर्नीहरू र मांसपेशीहरूलाई एकसाथ गाँसिएर सारा शरीरलाई परमेश्वरले वृद्धि गराउनु भएअनुसार बढ्दैजान्छ। Viz kapitola |