कलस्सी 1:27 - पवित्र बाइबल27 त्यो धनी र महिमामयी सत्य आफ्ना मानिसले जानुन् भन्ने निश्चय परमेश्वरले गर्नुभयो। त्यो महान सत्य सबै जातिहरूको लागि हो। अनि उहाँ सत्य हुनुहुन्छ ख्रीष्ट स्वयं, जो तिमीहरू सबैमा हुनुहुन्छ। परमेश्वरको महिमामा भागीदारी हुनु उहाँ हाम्रो एक आशा हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 यस रहस्यको महिमामय सम्पत्ति अन्यजातिहरूमा कति महान् छ, त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। यो रहस्य ख्रीष्ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तिनीहरूलाई सबै मानिसहरूका निम्ति राखिएको ठूलो रहस्यको कुरा खोलिदिने परमेश्वरको योजना हो। रहस्यको कुराचाहिँ यही हो, ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ। यसको अर्थ हो— तिमीहरू परमेश्वरको सम्मान्को सहभागी हुनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 यस महिमामय सम्पत्तिको रहस्यचाहिँ ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ अर्थात् महिमाको आशा, त्यो कुरा गैरयहूदीहरूलाई थाहा गराउनको लागि परमेश्वरले तिनीहरूलाई चुन्नुभएको छ। Viz kapitola |