कलस्सी 1:23 - पवित्र बाइबल23 तिमीहरूले सुनेको सुसमाचारमा विश्वास गर्यौ भने ख्रीष्टले यसो गर्नु हुनेछ। तिमीहरू आफ्नो विश्वासमा दृढ र निश्चल बस्नु पर्छ। सुसमाचारले दिएको आशाबाट विचलित नहोओ। त्यही सुसमाचार संसारका सबै मानिसहरूलाई सुनाइएको छ। म, पावल त्यही सुसमाचारको सेवक हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यदि तिमीहरू आफ्ना विश्वासमा अचल र स्थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने। यही नै त्यो सुसमाचार हो, जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल, धर्म-सेवक भएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 साँच्चै तिमीहरू दिगो र बलियो भएर विश्वासमा लागिरह। तिमीहरूले सुनेका सुसमाचारको आशालाई छोड्दै नछोड। यही सुसमाचार सृष्टिभरिका मानिसहरूलाई सुनाइएको छ। म पावल यही सुसमाचार सुनाउने सेवक भएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यदि तिमीहरू आफ्नो विश्वासमा अटल र स्थिर भई रह्यौ भने; अनि तिमीहरूले आशा राखेका सुसमाचारबाट पछि हटेनौ भने यो त्यही सुसमाचार हो, जुनचाहिँ तिमीहरूले सुनेका छौ, जुन सुसमाचार स्वर्गमुनि भएका हरेक प्राणीका लागि घोषणा गरिएको छ, र म पावल त्यसैको सेवक नियुक्त भएको छु। Viz kapitola |