आमोसको पुस्तक 1:5 - पवित्र बाइबल5 “म दमीशकका बलिया ढोकाहरू पनि भाँचिदिनेछु र आवेनको सिंहासनमा बस्ने मानिसलाई पनि नष्ट पारिदिनेछु। अनि बेथ-एदेनमा राजदण्ड लिने राजालाई पनि नष्ट पारिदिन्छु। अरामका मानिसहरू पराजित हुनेछन्। अनि उनिहरूलाई बन्दीबनाएर किर देशमा लगिनेछ।” यो सबै परमप्रभुले भन्नु भएको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 म दमस्कसको मूल ढोका भाँचिदिनेछु। आवनको उपत्यकामा भएको राजालाई र बेथ-अदनमा राजदण्ड लिनेलाई सर्वनाश गर्नेछु। अरामका मानिसहरू निर्वासित भएर कीरमा जानेछन्,” परमप्रभुले भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 म दमस्कस सहरका ढोकाहरू ध्वंस पार्नेछु, आवनको बेसीका बासिन्दाहरू र बेथ-अदनको शासकलाई त्यहाँबाट हटाउनेछु। अरामवासीहरू कैद गरी कीर देशमा लगिनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 म दमस्कसका ढोकालाई फोरिदिनेछु; म अवेनको बेँसीमा बस्ने राजालाई नाश गर्नेछु; अनि बेथ-अदनमा राजदण्ड लिने राजालाई म नाश गर्नेछु। अरामका मानिसहरू निर्वासित भएर कीर देशमा जानेछन्,” याहवेहले भन्नुहुन्छ। Viz kapitola |