आमोसको पुस्तक 1:1 - पवित्र बाइबल1 आमोसको वचन! आमोस तको देशको एकजना भेंडा़ गोठालो थिए। यहूदाका राजा उज्जियाह र योआशाका छोरा इस्राएलका राजा यारोबाबेलको पालामा भुईँचालोको दुइ बर्ष अघि इस्राएलको विषयमा आमोसले दर्शन पाएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तकोमा बस्ने गोठालाहरूमध्येका एक जना आमोसका वचन— यहूदाका राजा उज्जियाह र येहोआशका छोरा इस्राएलका राजा यारोबामका पालामा, भूकम्पका दुई वर्षअघि इस्राएलको विषयमा तिनले देखेका कुरा यी नै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तको सहरबाट आएका गोठाला आमोसले भूइँचालो गएको दुई वर्षअघि भनेका कुरा यी नै हुन्। त्यस बेला यहूदाका राजा उज्जियाह र इस्राएलका राजा येहोआशको छोरा यारोबाम थिए। परमेश्वरले आमोसलाई इस्राएलबारे यी सबै कुरा प्रकट गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 आमोसका वचनहरू, जो तकोका गोठालाहरूमध्येका एक जना थिए। जब उज्जियाह यहूदाका राजा थिए र यारोबामका छोरा योआशचाहिँ इस्राएलका राजा थिए, तब भुइँचालो जानुभन्दा दुई वर्षअगि आमोसले इस्राएलको बारेमा यस्तो दर्शन देखेका थिए। Viz kapitola |