प्रेरित 5:26 - पवित्र बाइबल26 त्यसपछि कप्तान र उनका मानिसहरू बाहिर निस्के अनि प्रेरितहरूलाई पक्रे अनि तिनीहरूलाई ल्याए। तर सिपाहीहरूले तिनीहरूलाई केही बलजफ्ती गरेनन्, किनभने तिनीहरू जनतासँग डराउँथे। सिपाहीहरू डराए किनभने मानिसहरू क्रोधित हुनेछन् अनि तिनीहरूलाई ढुङ्गा हान्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तब अफिसरहरूका साथमा कप्तान गईकन तिनीहरूलाई बलजफत नगरिकन ल्याए, किनभने मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हान्लान् भनी तिनीहरू डराए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 यस्तो सुनेर कप्तान र सिपाहीहरू प्रेरितहरूलाई लिन गए। मानिसहरूले ढुङ्गाले हानेर मार्लान् भन्ने डरले तिनीहरूलाई जबरजस्ती नगरीकन फर्काएर ल्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 यो कुरा सुन्नसाथ आफ्ना अधिकृतहरूको साथमा सेनापति मन्दिरतिर गए। अनि प्रेरितहरूलाई महासभामा ल्याए। तिनीहरूले शक्ति प्रयोग गरेनन्। किनकि त्यसो गर्दा तिनीहरूलाई मानिसहरूले ढुङ्गा हान्लान् भन्ने डर थियो। Viz kapitola |