प्रेरित 5:21 - पवित्र बाइबल21 जब प्रेरितहरूले यो सुने, तिनीहरू मन्दिर प्राङ्गणमा विहानै गए अनि सिकाउन शुरू गरे। प्रमुख पूजाहारी र उनका साथीहरू आई पुगे। तिनीहरूले यहूदी मानिसका समस्त अगुवाहरू सहित सभाघरमा सभा डाके। तिनीहरूले प्रेरितहरूलाई कैंदखानाबाट ल्याउन भनी केही मानिसहरू पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 यो सुनेपछि तिनीहरू एकाबिहानै मन्दिरभित्र पसे र शिक्षा दिन थाले। तर प्रधान पूजाहारी र तिनीसँग हुनेहरू आए, र महासभा, अर्थात् इस्राएलीहरूको सम्पूर्ण सभाका सबैलाई बोलाए, र प्रेरितहरूलाई झ्यालखानबाट ल्याउन मानिसहरू पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 उनले भनेको मानेर तिनीहरू बिहानै मन्दिरमा गएर मानिसहरूलाई सिकाउन लागे। प्रधान पूजाहारी र तिनका साथीहरूले इस्राएलीहरूका सबै अगुवाहरूलाई महासभामा बोलाए। त्यसपछि तिनीहरूले कैदीहरूलाई ल्याउन आज्ञा दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तिनीहरूलाई भनिएझैँ नै झिसमिसेमै तिनीहरू मन्दिरको चोकभित्र पसे, र मानिसहरूलाई सिकाउन थाले। जब प्रधान पुजारी र उनका सहायकहरू भेला भए, तब उनीहरूले महासभा अर्थात् इस्राएलीहरूको प्रधानहरूको सम्पूर्ण सभालाई बोलाए। अनि प्रेरितहरूलाई झ्यालखानाबाट त्यहाँ ल्याउन मानिसहरू पठाए। Viz kapitola |