प्रेरित 4:21 - पवित्र बाइबल21-22 यहूदी अगुवाहरूले तिनीहरूलाई दण्ड दिने कुनै त्यस्तो आधार पाएनन् किनभने जे भएको थियो त्यसमा सबै मानिसहरू परमेश्वरको प्रशंसा गरिरहेका थिए। यो चमत्कार नै परमेश्वरबाट प्रमाण थियो। जुन मानिस निको पारियो तिनी चालीस वर्षभन्दा ज्यादा उमेर पुगेका थिए यसैकारणले यहूदी अगुवाहरूले ती प्रेरितहरूलाई फेरि चेतावनी दिए अनि तिनीहरूलाई पठाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तिनीहरूले सजाय दिने केही उपाय नभएर यिनीहरूलाई अझ बढ़ी धम्काएर छोडिदिए, किनभने जे घटना घटेको थियो त्यसको निम्ति सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 यो सुनेर सभाका मानिसहरूले उनीहरूलाई फेरि धम्की दिएर छोडिदिए। तिनीहरूले पत्रुस र यूहन्नालाई सजाय दिने उपाय पाएनन् किनभने उनीहरूले गरेका अचम्मको काम देखेका हुनाले सबै मानिसहरूले परमेश्वरको प्रशंसा गर्दै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यसपछि सभाले धम्क्याएर उनीहरूलाई छोडिदिए। तिनीहरूलाई कसरी सजाय दिने भनेर यस कुराको निर्णय तिनीहरूले गर्न सकेनन्। किनकि त्यहाँ जे घटना भएको थियो, त्यसका निम्ति सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरिरहेका थिए। Viz kapitola |