प्रेरित 3:13 - पवित्र बाइबल13 होइन! यो परमेश्वरले गर्नु भएको हो! उहाँ अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुनुहुन्छ। उहाँ हाम्र सबै पुर्खाहरूका परमेश्वर हुनुहुन्छ। उहाँले उहाँका खास सेवक येशूलाई महिमित तुल्याउनु भयो जसलाई तिमीहरूले मार्न भनी सुम्पियौ। पिलातसले येशूलाई मुक्त गरिदिने निर्णय गरेका थिए। तर तिमीहरूले येशूलाई हामी चाहँदैनौ भन्यौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अब्राहाम, इसहाक र याकूबका परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले आफ्ना सेवक येशूलाई महिमित पार्नुभयो, जसलाई तपाईंहरूले चाहिँ पक्राइदिनुभयो, र पिलातसले उहाँलाई छोडिदिने विचार गर्दा पनि तपाईंहरूले उहाँलाई उनकै सामने अस्वीकार गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 त्यसो होइन, हाम्रा पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्वरले नै आफ्नो सेवक येशूलाई आदर गर्नुभयो। तपाईंहरूले चाहिँ येशूलाई मार्नुपर्छ भनेर सुम्पिदिनुभयो। पिलातसले उहाँलाई छोडिदिन खोज्दा पनि तपाईंहरूले नछोड्नू भन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर, हाम्रा पुर्खाका परमेश्वरले आफ्नो सेवक येशूलाई महिमित गर्नुभयो। तपाईंहरूले उहाँलाई मृत्युको मुखमा पठाउनुभयो, र पिलातसले उहाँलाई छोडिदिने निर्णय गर्दासमेत तपाईंहरूले अस्वीकार गर्नुभयो। Viz kapitola |