प्रेरित 28:17 - पवित्र बाइबल17 तीन दिन पछि पावलले त्यहाँका मुख्य-मुख्य यहूदीहरू बोलाई पठाए। जब तिनीहरू एक साथ आए, पावलले भने, “मेरा यहूदी दाज्यू-भाइहरू! मैले हाम्रो मानिसहरूको विरुद्धमा केही गरेको छैन। न त मैले मेरा पुर्खाहरूको रीति-रिवाज विरुद्ध नै केही गरेको छु। तर मलाई यरूशेलममा पक्राइयो र रोमीलाई सुम्पिइयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तीन दिनपछि पावलले यहूदीहरूका स्थानीय अगुवाहरूलाई बोलाइपठाए। उनीहरू जम्मा भएपछि तिनले उनीहरूलाई भने, “भाइ हो, मैले त आफ्नो देशका मानिसहरू, अथवा पिता-पुर्खाका रीतिथितिका विरुद्धमा केही काम गरेको थिइनँ। तापनि बन्दी भई यरूशलेमदेखि रोमीहरूका हातमा मलाई सुम्पेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तीन दिनपछि पावलले रोममा बसेका यहूदीहरूका नेताहरूलाई बोलाए। तिनीहरू भेला भएपछि पावलले भने, “दाजुभाइहरू हो, मैले हाम्रो जाति र हाम्रा पिता-पुर्खादेखि चल्दैआएको रीतिरिवाजको विरोधमा केही नगरे पनि यहूदी दाजुभाइहरूले मलाई यरूशलेममा पक्रेर रोमीहरूको जिम्मामा सुम्पिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तीन दिनपछि पावलले त्यहाँका स्थानीय यहूदी अगुवाहरूलाई बोलाए। जब तिनीहरू सबै जना जम्मा भए, तब पावलले तिनीहरूलाई भने: “मेरा दाजुभाइ-दिदीबहिनीहरू, मैले हाम्रा मानिसहरूका विरुद्धमा वा हाम्रा पुर्खाहरूको रीतिथितिका विरुद्धमा केही पनि गरेको थिइनँ; तर पनि म यरूशलेममा समातिएँ र रोमीहरूलाई सुम्पिइएँ। Viz kapitola |