प्रेरित 28:15 - पवित्र बाइबल15 त्यहाँका विश्वासीहरूले आइपुगेको थाहा पाए। तिनीहरू हामीलाई भेट्न अप्पियस बजार र तीन-धर्मशाला भन्ने ठाउँमा आए। जब पावलले तिनीहरूलाई देखे परमेश्वरलाई धन्यवाद दिए अनि उनि सहासी भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 त्यहाँबाट हाम्रो आगमनको खबर सुनेर भाइहरू हामीलाई भेट्न अप्पियसको बजार र तीन-पाटी भन्ने ठाउँमा आएका थिए। यिनीहरूलाई देखेर पावलले परमेश्वरमा धन्यवाद चढ़ाए, र साहस पाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 प्रभु येशूमाथि विश्वास गर्ने रोममा भएका दाजुभाइहरूले हामी आउँदै छौं भन्ने कुरा सुनेर कति जना तीन-पाटी भन्ने बजारसम्म, अनि कति जनाचाहिँ अप्पियस भन्ने बजारसम्म हामीलाई भेट्न आए। तिनीहरूलाई देख्नेबित्तिकै पावलले हौसला पाउँदै परमेश्वरलाई धन्यवाद दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यहाँका दाजुभाइ-दिदीबहिनीहरूले हाम्रो आगमनका बारेमा सुनेका थिए। त्यसैले हामीलाई भेट्न अप्पियसको बजार र तीन-पाटी भनिने ठाउँसम्म तिनीहरू आए। यी मानिसहरूलाई देखेर पावलले परमेश्वरलाई धन्यवाद चढाए, र प्रोत्साहित भए। Viz kapitola |