प्रेरित 27:12 - पवित्र बाइबल12 अनि सुरक्षित बन्दरगाहमा शीतकालमा जहाज राख्न उचित जग्गा थिएन। यसैले धेरै मानिसहरूले जहाज त्यहाँ नराख्ने निर्णय लिए। मानिसहरूले फोनिक्स जान सकिने आशा गरे। शीतकालमा जहाज त्यहाँ रोकिन अथवा रहन सक्थ्यो। फोनिक्स एउटा दक्षिण पश्चिम अनि उत्तर पश्चिम पट्टि फर्केको क्रेट टापूको शहर थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यो बन्दरगाह हिउँद काट्नलाई असुबिधा भएकोले कुनै हालतले पनि फोनिक्समा नै पुगी जाडो बिताउनुपर्छ भनेर धेरैजसोले त्यहाँबाट जहाज चलाइहाल्ने नै सल्लाह दिए। फोनिक्सचाहिँ क्रेटको एउटा बन्दरगाह हो, जो दक्षिण-पश्चिम र उत्तर-पश्चिमपट्टि फर्केको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 जाडोको समय बिताउन त्यो बन्दरगाह राम्रो पनि थिएन। त्यसो हुँदा धेरैजसो मानिसहरू कुनै हालतले पनि त्यहाँबाट गएर फोनिक्स सहर पुग्ने कोसिसमा थिए। क्रेट टापुमा भएको त्यस फोनिक्स सहरमा चाहिँ दक्षिण-पश्चिम र उत्तर-पश्चिमतिर फर्केको बन्दरगाह थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यो बन्दरगाहचाहिँ हिउँद काट्नलाई असुविधाजनक हुने भएकोले फोनिक्स पुग्ने र त्यहीँ हिउँद बिताउने आशा राख्दै निरन्तर जहाज चलाइरहने कुरा बहुमतले निर्णय गरे। फोनिक्स क्रेटको बन्दरगाह थियो, जुन दक्षिण-पश्चिम र उत्तर-पश्चिम दुवैतिर फर्केको थियो। Viz kapitola |