Online Bible

- Reklamy -




प्रेरित 26:20 - पवित्र बाइबल

20 मैले मानिसहरूलाई आफ्ना हृदय र जीवन शैली परिवर्तन गर भन्न थाले। उनीहरूलाई परमेश्वर प्रति फर्क र यस्तो कार्य गर जसद्वारा तिमीहरूको हृदय अनि जीवन शैली वास्तवमा परिवर्तन भएको चाल पाईनेछ भनें यी कुरा सर्वप्रथम मैले दमीशकमा भनें। त्यसपछि म यरूशलेम गएँ अनि यहूदियाको प्रत्येक ठाउँमा गएर यी कुरा भनें। म यी कुराहरू भन्न गैर-यहूदीहरूकोमा पनि गएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तर पहिले दमस्‍कसमा, तब यरूशलेममा र सारा यहूदिया देशभरि रहनेहरूलाई, र अन्‍यजातिहरूलाई पनि पश्‍चात्ताप गरेर परमेश्‍वरतिर फर्क र आफ्‍ना पश्‍चात्ताप योग्‍यका काम गर भनेर मैले प्रचार गरें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 पहिले दमस्‍कस र यरूशलेममा अनि पूरै यहूदिया देशमा र अरू जातिको देशहरूमा पनि गएर मैले मानिसहरूलाई आ-आफ्‍ना पापलाई मानिलिएर परमेश्‍वरकहाँ फर्कनू भन्‍ने प्रचार गरें। परमेश्‍वरकहाँ फर्केको हुँ भन्‍ने प्रमाण आफूले गरेको कामबाट देखाउनुपर्छ भन्‍दै सिकाएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 सबैभन्दा पहिले दमस्कसमा हुनेहरूलाई, त्यसपछि यरूशलेम र यहूदियामा भएकाहरूलाई, र गैरयहूदीहरूलाई समेत तिनीहरूले पश्‍चात्ताप गर्नुपर्दछ, परमेश्‍वरकहाँ फर्कनुपर्दछ र आफ्ना कामहरूद्वारा तिनीहरूका पश्‍चात्तापलाई प्रमाणित गर्नुपर्दछ भनेर मैले प्रचार गरेँ।

Viz kapitola kopírovat




प्रेरित 26:20

Následuj nás:

Reklamy


Reklamy