प्रेरित 25:16 - पवित्र बाइबल16 तर मैले तिनीहरूलाई भने, ‘जब केही दण्डनीय अपराध गरेको विरुद्धमा आरोप लगाईन्छ, रोमीहरूकोमा त्यो रीति छैन कि त्यस मानिसलाई अभियोक्ताहरूकहाँ सुम्पने। प्रथम उसलाई दोषारोपण गर्ने मानिसहरूसँग मुखा-मुख गराउनु पर्छ, अनि उसले ती दोषारोपनहरूको विरुद्ध स्वयं बचाऊ गर्ने मौका पाउनु पर्छ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “अभियुक्तले अभियोक्ताहरूसँग मुखामुख नभई, र आफ्नो विरुद्धमा लाएको अभियोगको विषयमा बोल्ने मौका नपाईकन कुनै मानिसलाई त्यसै दण्डाज्ञा दिने रोमीहरूको प्रथा छैन भनी मैले तिनीहरूलाई जवाफ दिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तर मैले तिनीहरूलाई भनें, ‘मानिसलाई दोषी नठहराएसम्म रोमी सरकारको दण्ड दिने चलन छैन। दोष लगाइएको मानिसले दोष लगाउनेका अगाडि आफ्नो कुरा सुनाउने मौका पाउनुपर्छ’। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “त्यस बेला मैले तिनीहरूलाई भनेँ, कि कुनै पनि अभियोगीलाई आफ्नो बचाउमा बोल्ने मौका नदिई उसलाई आरोप लगाउनेहरूलाई सुम्पने प्रथा रोमी व्यवस्थामा छैन। Viz kapitola |