प्रेरित 24:14 - पवित्र बाइबल14 “तर म तपाईंलाई भन्दैछुः म हाम्रा पिता पुर्खाहरूका परमेश्वरलाई येशूका चेलाले जस्तै आराधना गर्दछु। यहूदीहरू भन्छन् येशूको मार्ग गल्ती हो। तर मोशाको व्यवस्थाहरूमा बताएको प्रत्येक कुरो अनि अगमवक्ताहरूले किताबमा लेखेकाहरू म विश्वास गर्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर यो म हजूरकै सामने स्वीकार गर्दछु, कि जुन मार्गलाई तिनीहरू एउटा पन्थ भन्दछन्, त्यहीबमोजिम व्यवस्थामा भएका कुरा र अगमवक्ताका पुस्तकमा लेखिएका सबै कुरा विश्वास गरी मेरा पुर्खाहरूका परमेश्वरको आराधना म गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तर यो कुराचाहिँ म भन्छु, जुन मुक्ति पाइने बाटोलाई तिनीहरूले झूटो भन्छन्, त्यही बाटोलाई पछ्याएर म हाम्रा पुर्खाका परमेश्वरलाई पुज्छु र भक्ति चढाउँछु। तैपनि अगमवक्ताहरूले लेखेको धर्मशास्त्र र मोशाले दिएका सबै व्यवस्थामा म विश्वास गर्दछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तैपनि तिनीहरूले मार्ग भनेर जसलाई भन्छन्, त्यसको म अनुयायी भएकोले हाम्रा पितापुर्खाहरूको परमेश्वरलाई आराधना गर्दछु भनी म स्वीकार गर्दछु। अगमवक्ताका पुस्तकहरूमा लेखिएका सबै कुरा र व्यवस्थासँग मेल खाने हरेक कुरामा म विश्वास राख्छु। Viz kapitola |